काठमाडौं । पछिल्लो केही दिन सुनको मूल्य निरनतर ओरालो लागेको छ । हिजो मात्र तोलामा १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ओरालो लागेको छ ।
आज छापावला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ८५ हजार १५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, साताको अन्तिम कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार ११:२१ मा प्रकाशित