back
NMB ad

ज्योति लाइफको आइपीओमा ७३ करोड ८५ लाख रुपैयाँको आवेदन

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) मा पहिलो दिन शुक्रबार ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँको ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको छ । सिडिएससीका अनुसार आईपीओमा २ लाख ८८ हजार ५५५ जनाले आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा कम्पनीका कर्मचारीलाई ३ लाख ३० हजार कित्ता र सामुहिक लगानी कोषलाई पनि ३ लाख ३० हजार कित्ता छुट्याइएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । लगानिकर्ताले सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १८:४१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...