काठमाडौं । आज (फागुन २४गते) नेपाली बजारमा सुन मूल्य सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ८६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८५ हजार ७५० तोकिएको छ ।
त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज १५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन २४ सोमवार १०:४४ मा प्रकाशित