back
NMB ad

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले बढायो उत्पादन क्षमता, दैनिक कति ?

Kumari bank ad

काठमाडौं । बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले आफ्नो उत्पादन क्षमता बढाएको छ ।

कोरोनाको महामारीले थलिएको सिमेन्ट उद्योग पछिल्लो समयमा निकै चलायमान भएको छ । कोरोना असरपछि पछिल्लो समयमा सिमेन्टको उत्पादन बढेको बताइएको छ । अहिले उद्योग पूर्ण क्षमता सञ्चलानमा आएको बताइएको छ ।

उद्योगको खानी पाल्पा जिल्लामा रहेको छ भने उद्योग भने नवपरासीमा रहेको छ । उद्योगको उत्पादन क्षमता बढेसँगै माग पनि बढेको सर्वोत्तम सिमेन्टका बिक्री विभागका प्रमुख सुवास पाण्डेले अर्थतन्त्रलाई जानकारी गराउनु भयो ।

पाण्डेका अनुसार हाल दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गरी बजारमा पठाएको छ । ‘सर्वोत्तम सिमेन्ट पूर्ण क्षमतामा चलिरहेको छ, माग पनि उत्तिकै बढेको छ’, पाण्डेले भन्नुभयो ।

पाण्डेका अनुसार अहिले दैनिक ६० हजार बोरा नै खपत हुने गरेको छ । कोरोनाको महामारिपछि कम्पनीले व्यवसाय विस्तारलाई पनि तीब्रता दिएको छ ।

‘अहिले देशमा पूर्वाधार निर्माणको सिजन सुरु भएको छ, त्यसकारण पनि माग बढी भएको छ’,-पाण्डेले भन्नुभयो, ‘समग्रगमा सबै क्षेत्रबाट मागको चाप बढी रहेको छ, पछिल्लो समयमा अत्याधिक मात्रामा घर निर्माणका लागि सिमेन्टको माग बढेको छ ।’

अन्य भौतिक पूर्वाधारको क्षेत्रमा पनि सिमेन्टको माग भइरहेको उहाँको भनाइ छ । सर्वोत्तम सिमेन्टले ग्रिन पीएससी सिमेन्ट र सर्वोत्तम ग्रिन ओपीसी समेन्ट उत्पादन गरिरहेको छ ।

यूरोपियन भिआरएम मेशिनबाट उत्पादित सार्वेत्तम नेपालकै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट हो ।

वि.सं.२०७७ फागुन २६ बुधवार १७:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...