back

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५ पुगेको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।

घोडा गाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् ।

यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याजभुक्तानीगर्ने, डिस होम, सीडीएमए, यूटीएल, र एनटीसीको महसुल भुक्तानी, मोबाइल रिचार्ज लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १६:०९ मा प्रकाशित

You can share this post!

ADBL
मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...