
काठमाडौं । लोकसेवा आयोगले परीक्षा स्थगित गरिएको सम्वन्धी एक सूचना प्रकाशन गरेको छ । आयोगको परीक्षा संचालन शाखाले खरिदार वा सो सरह पदको परीक्षा कार्यक्रम स्थागित भएको जानकारी गराएको हो ।
आउँदो बैशाख ६ गतेदेखि १० गतेसम्म संचालन हुने गरि तोकिएको रा.प.अनं. द्धितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा र सोही पदको बैशाख ११ गते हुने गरि तोकिएको द्धितीय चरणको परीक्षा स्थागित भएको हो ।
अब परीक्षा संचालनका लागि आयोगले अर्को सूचना प्रकाशन गरि जानकारी दिने सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ चैत ९ सोमवार १४:०२ मा प्रकाशित