back

आइपीओ बिक्री गर्न सर्वोत्तम सिमेन्टद्वारा कानून उल्लंघन, लगानीकर्तालाई यसरी झुक्यायो !

Kumari bank ad

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपीओ बिक्री गर्ने बाहनामा धितोपत्र बोर्डको ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को दफा २३’ लाई चुनौती दिएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को दफा २३ मा प्रचारप्रसार तथा विज्ञापन सम्बन्धी व्यवस्थाको १ मा ‘संगठित संस्थाले आफूले निष्काशन गर्न लागेको धितोपत्रको सम्बन्धमा सर्वसाधारणको जानकारीको लागि निष्काशन तथा बिक्री प्रबन्धक मार्फत सार्वजनिक सञ्चार माध्यमबाट प्रयाप्त प्रचारप्रसार तथा विज्ञापन गर्नुपर्ने छ ।

तर निष्काशन हुन लागेको धितोपत्र सम्बन्धी जानकारी मूलक प्रचारप्रसार तथा विज्ञापन बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य किसिमको प्रचारप्रसार तथा विज्ञापन गर्न पाइने छैन । २ मा निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र निष्काशन खुला रहेको अवधिमा तथ्यले पुष्टि गर्ने बाहेक धितोपत्रको माग अत्याधिक भएको आशयको प्रचारप्रसार गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको छ । तर सर्वोत्तम सिमेन्टले उक्त दफालाई चुनौती दिँदै लगानीकर्तालाई आकर्षित गर्ने किसिमको प्रचारप्रसार गरेको छ ।

कम्पनीले आइपीओ जारी गर्नु अवागै लगानीकर्तालाई आकर्षित गर्न ३५ प्रतिशत लाभांश दिने घोषणा समेत गरिसकेको छ । कम्पनीले चैत ४ गते साधारण सेयर (आइपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तथा सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गर्न र आइपीओको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले ‘आइपीओ जारी पश्चात पहिलो तीन महिना भित्रै १० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सो बापतको झण्डै १०० प्रति सेयर को आम्दानी तत्कालै हुने’ भनेर प्रचार गरेको छ ।

धितोपत्र बोर्डका एक उच्च अधिकारीका अनुसार सर्वोत्तम सिमेन्टले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका–२०७४ को दफा २३ मा भएको व्यवस्थालाई चुनौती दिँदै उक्त व्यवस्था विपरित कार्य गरेको देखिएको हो । कुनैपनि कम्पनीले यस्तो कार्य गर्न नपाउने उहाँले अर्थतन्त्रलाई बताउनुभयो ।

‘कुनै पनि कम्पनीले आइपीओ जारी गर्नु अगाजै लगानीकर्तालाई आकर्षित गर्न पाइँदैन’ उहाँले भन्नुभयो ‘यस्तो गरेको पाइएमा बोर्डमा सूचीकृत भएको कम्पनीलाई किन यसो गरेको भनेर सेबोनले स्पष्टिकरण सोध्छ ।’ उहाँका अनुसार सर्वोत्तमले निर्देशिक विपरित कार्य गरेको हुँदा बोर्डले जुनसुकै बेला पनि यसको स्पष्टिकरण सोध्नैपर्छ ।

सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न लागेको हो । आइपीओको सेयर मूल्य संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता ७५० रूपैयाँ र सर्वसाधारणलाई ७५० को १० प्रतिशत कम गरेर ६७५ रूपैयाँ कायम गरिएको जानकारी गराएको छ ।

नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन हुन लागेको र त्यसको मूल्य पनि बढी भएकोले सेयर नबिक्लाकी भनेर लगानीकर्तालाई लाभांशको प्रलोभन देखाएको बार्डका ती अधिकारीको बुझाई छ ।

‘कम्पनी कस्तो छ भन्ने कुरा उसको वित्तीय विवरण हेरेर मात्रै थाहा पाउन सकिन्छ’ उहाँले भन्नुभयो ‘आइपीओ जारी गर्नु अगावै ३५ प्रतिशत लाभांश दिने भनेको छ, भोली त्यो दिन सकेन भने त्यसको जिम्मेवारी को हुन्छ, यसरी लगानीकर्तालाई भ्रममा पार्न मिल्दैन ।’ यता धित्रोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कम्पनीले लाभांश लगायत केही पनि विषय बोर्डमा जानकारी नगराएको बताउनुभयो ।

उहाँका अनुसार कम्पनीले बिक्री प्रबन्धक तथा सहायक बिक्री प्रबन्धकमा कुन संस्थालाई नियुक्त गरेको हो त्यो सात दिन भित्र जानकारी गराउनुपर्छ, साथै अन्य केही निर्णय भएमा त्यो पनि सात दिन भित्रै जानकारी गराउनु पर्नेमा अहिले कुनै जानकारी नभएको बताउनुभयो । आफूले पनि ३५ प्रतिशत लाभांश दिने कुरा सञ्चार माध्यमबाट थाहा पाएको र बोर्डमा दर्ता भएपछि त्यो विषयमा आवश्यक निर्णय गर्ने बताउनुभयो ।

वि.सं.२०७७ चैत ९ सोमवार १४:३५ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...