back
NMB Ad

ललिता निवासमा निर्माण भएका घर टहरा तत्काल हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

Royal Enfield Inside Page Banner

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाउनुभएको छ ।

मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गर्नुभएको छ । मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिनुभयो ।

बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वि.सं.२०७७ चैत १२ बिहीवार १०:०० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

वि.सं.२०८१ माघ ७ सोमवार १२:४५

काठमाडौं : चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

वि.सं.२०८१ माघ ७ सोमवार १२:३४

हेमन्त केसी   काँक्रेविहार (सुर्खेत) : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण...

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

वि.सं.२०८१ माघ ७ सोमवार १२:२४

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...