काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीवार बैंक ५.८० प्रतिशत बोनस सेयर वापतको ५२ लाख १ हजार ३३० दशमलव ६३ कित्ता सेयर सूचीकृत भएको हो ।
बैंकले पुस १ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७७ चैत १२ बिहीवार १७:०३ मा प्रकाशित