काठमाडौं । लोकसेवा आयोगले पुनर्योग नतिजा सम्वन्धी सूचना प्रकाशन गरेको छ । आयोगकोे सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परिक्षा नतिजा प्रकाशन शाखाले यस्तो सूचना निकालेको हो ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागको वि.नं.१/२०७६–७७ (खुला तथा समावेशी), विशेष सेवा, रा.प.अनं.चतुर्थ श्रेणी, सहायक सूचक पदको पुनर्योग निकालेको हो । चैत ९ गते प्रकाशित नतिजामा कुनै पनि परिवर्तन नभएको सूचनामा उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७७ चैत २६ बिहीवार १३:१२ मा प्रकाशित