back
NMB ad

रितपुर्वक पेश गरिएको योजनामा बजेट पठाईएको छ, ‘गुटगतरुपमा वितरण भन्ने आरोप निराधार’ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठामाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघिय प्रणालीभित्र वित्तिय संघियता अन्तर्गत प्राप्त गर्ने अनुदानहरु समानीकरण, समपुरक, विशेष र सशर्त अनुदानका आ–आफ्नै विधि प्रकृया रहेको बताउनुभएको छ ।

प्रदेश सभामा बजेट वितरण सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै पौडेलले समपुर अनुदान कटौति गरिएको भन्ने सन्दर्भमा समपुरक बजेट वितरण सम्बन्धी कार्यविधि अनुसार रितपुर्वक स्थानिय तहबाट पेश गरिएको योजनामा बजेट पठाईएको जानकारी गराउनुभएको हो ।

‘प्रदेश सभा सदस्यले गुटगतरुपमा बजेट वितरण गरेको भन्ने निराधार आरोप लगाउनुभएको छ । यो सरासर गलत हो । यसै सदनबाट पारित भएको नीति, कार्यक्रम तथा बजेट अनुसार आवश्यकता अनुसार स्थानिय तहको केन्द्र जोड्ने सडक, दुधौलिको मुसहर, रामेछापको माझी, माडिको गन्धर्व तथा चितवन, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ लगाएत जिल्लामा जनता आवास कार्यक्रम मार्फत घर विहिनहरुलाई घरको ब्यवस्था गरिदैंछ ।’ मुख्यमन्त्री पौडेलले जवाफ दिनुभयो ।

सोही अवसरमा खरको छाना मुक्त बनाउने अभियान अन्तगर्त मानव विकास सुचकाङकमा तल परेकालाई प्राथमिकतामा राखी कार्यक्रम अगाडि बढाईएको बताउनुभएको छ ।

उहाँले कृषिको उत्पादन वृद्धि र रोजगारी सृजनाको लागि एकिकृत चक्लाबन्दी खेति सुरुवात तथा कार्यान्वय भईरहेको जानकारी गराउनुभयो । पौडेलले भन्नुभयो,- ‘हाम्रो प्रदेश दुध, अण्डा, कुखुराको मासुमा, तरकारीमा आत्मनिर्भर भई अगाडि बढेको छ, सडक सञ्जालले नजोडिएको महाभारत गाँउपालिका र रुबि भ्याली गाँउपालिका सडक सञ्जालले जोडिने भएको छ ।’

प्रदेश सभामा उठेको प्रश्नको जवाफमा पौडेलले भन्नुभयो,–‘के गरिबको खरको छाना हटाउनु गुटगत गतिविधि हो ? मुसहर, माझी, गन्धर्व तथा आवासविहिनहरुको आवास निर्माण गर्नु गुटगत वितरण हो ? के स्थानीय तह केन्द्र सम्म सडक जोडिनु गुटगत वितरण हो ? क्यान्सर तथा मृगौला लगाएतका बिरामीलाई पचास हजार सहायता उपलब्ध गराउने ब्यवस्था मिलाउनु के गुटगत बजेट वितरण हो ? म प्रश्न गर्न चाहान्छु ।’

उहाँका अनुसार अस्पताल सुदृढिकरण कार्यक्रम संचालन पश्चात प्रदेश मातहतका अस्पतालहरु न्युनतम् सेवास्तर मापनमा देशकै पहिलो भएका छन् । अघिल्लो आवमा भक्तपुर अस्पताल र यो पटक त्रिशुली अस्पताल यसक्रममा पहलो भएका हुन् ।

‘बागमती प्रदेश सरकारले गरेको कामको नतिजा देखिन थालेका छन्’, पौडेलले भन्नुभयो– ‘जनताको आधारभुत आवश्यकता परिपुर्ति गर्नु के गुटगत वितरण हो ।’

वि.सं.२०७७ चैत २६ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...