back
NMB ad

सेयर ब्रोकर जस्तै घर जग्गाको कारोबारमा संलग्नलाई लाइसेन्सको व्यवस्था गर्नुपर्छः अध्यक्ष मल्ल

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका नीजि क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताउनु भयो ।

अध्यक्ष मोरले कोभिडको पहिलो लहरमा नेपालको नीजि क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझावहरु दिएको उल्लेख गर्दै पहिले भएको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनु पर्ने धारणा राख्नुभयो ।

पहिलेदेखि नै नीजि क्षेत्रले भन्दै आएको लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भएकोले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानि यसको विकल्पको रुपमा रहेको धारणा राख्नु भयो ।

सुरक्षा मापदण्ड पालना गर्नको लागि नीजिक्षेत्र पनि उत्तिकै कडाईका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले नीजिक्षेत्रलाई खोप आयात गर्न दिनु पर्ने धारणा राख्दै उद्योगमा कामगर्ने कामदारहरुको लागि नीजि क्षेत्रले सिधै आपूर्तिकर्ताबाट खोप खरिद गरी मज्दूरलाई खोप दिने व्यवस्थाको लागि सरकारसँग माग गर्नुभयो ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भाइचारा, मित्रता र सहकार्यको आगामी मार्गमा परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा राख्दै नेपालका नीजि क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताउनुभयो ।

सरकारले नेपालको नीजि क्षेत्रलाई विगत र वर्तमान हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरहरुलाई पनि सक्रिय परिचालन गरिनु पर्ने धारणा राख्नुभयो । नीजि क्षेत्रबाट सरकारलाई जाने सुझावहरुमा प्राय एकै प्रकारका सुझावहरु हुने भएकोले आगामी दिनमा संयुक्त सुझाव प्रस्तुत गर्न नीजिक्षेत्र तयार हुनु पर्ने बताउनुभयो ।

उहाँले कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेर मात्र नीति नियम बनाउनु पर्ने र उद्योग व्यवसायमैत्री नियम बनाउनु पर्ने धारणा राख्नुभयो ।

अध्यक्ष मल्लले राजस्व परामर्श बोर्डमा नीजिक्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नु पर्ने धारणा राख्नुभयो । थाहै नपाई मूल्य वृद्धि हुने र विचौलियाबाट मूल्यवृद्धि भएको प्रसंग उल्लेख गर्दै सेयर ब्रोकरको जस्तै घर जग्गाको कारोबारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्नु पर्ने बताउनुभयो ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएकोले नीजिक्षेत्रको आवाजलाई सहि ठाउँमा पु¥याउन सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आम नागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउने बताउनुभयो ।

वि.सं.२०७८ वैशाख १ बुधवार १३:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...