काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बिहीवार सम्पन्न कम्पनीको संचालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनी आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर लाग्ने करसमेत गरि) दिन प्रस्ताव गरेको छ ।
उक्त लाभांश प्रस्ताव सहितको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले पाउनेछन् ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १०:४४ मा प्रकाशित