back
Mega Long Ad

भारी गिरावटले सेयर बजार राताम्मे, कारोबार रकमले आशा कायमै

काठमाडौं । यो साताको पहिलो दिन सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुबाट नै घटेको बजार अन्तिमसम्म पनि सुधारको बाटोमा जान सकेन । जसको असर बजार राताम्मे बनेको छ ।

बजार मापन गर्ने सूचक ३५.८९ अंकले घटेर परिसूचक २६९९.५१ बिन्दुमा रहेका छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२९ अंकले घटेर ४८६.१६ बिन्दुमा रोकिएको छ ।

२०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा भारी गिरावट आएर लगानीकर्ता निरास भएसँगै कारोबार रकम भने केही सन्तोषजनक देखिएको छ । कारोबारमा म्यूचअल फण्ड बाहेक समूहको उपसूचक राताम्मे बनेको छ ।

बैंकिङ समूहको उपसूचक ३३.२९, विकास बैंक ४८.३, जलविद्युत ३२.३८, निर्जीबन बीमा १८३.१९, जीवन बीमा १११.६२, माइक्रोफाइनान्स समूहको उपसूचक ५०.३२ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र निफ्रा रहेको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १५:२८ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...