back
NMB ad

अब नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक खल्ती वालेटबाटै किन्न सकिने

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएको छ ।

खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ ।

यसरी टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन् । टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झौता भएको । सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गर्नुभयो ।

खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी टेलिकमको डाटा प्याकलाइ मोबाइल एपमै ल्याएका बताउनुहुन्छ । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’

टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...