काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमासमा ७ रकोड ९४ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ७६.१० प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ५१ लाख २४ हजार नाफा कमाएको थियो ।
कम्पनीको चुक्तापूँजी ९ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा १९ करोड १५ लाख ३८ हजार रुपैयाँ छ ।
चैतसमान्तसम्म २ अर्ब १८ लाख निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५ करोड ५१ लाख कर्जा लगानी गरेको छ ।
वि.सं.२०७८ वैशाख २१ मंगलवार १३:३८ मा प्रकाशित