back
NMB ad

२४.८६ प्रतिशतले बढ्यो प्राइम लाइफको नाफा, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आलु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.८६ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस वर्ष बीमा शुल्क आर्जन रकम ३७.८८ प्रतिशतले बढाएको छ । गत वषे २ अर्ब २६ करोड ६ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्ष ३ अर्ब ११ करोड ७१ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले चैत मसान्तसम्म कम्पनीले ८७ करोड ३१ लाख ४४ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा ५० करोड ३६ लाख ५१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । कम्पनीको भुक्तानी हुन बाँकी रकम १ करोड २ लाख ५० हजार रुपैयाँ छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जीवन बीमा कोषमा १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार ११:४२ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...