काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
आइतबार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा सामान्य अर्थात १.२६ प्रतिशतले मात्र बढी हो । गत वर्ष १४ करोड ३९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
तेस्रो त्रैमासम्म कम्पनीले २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १०९.८० प्रतिशतले बढेको हो । गत वर्ष १ अर्ब १८ करोड ५३ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आवको तेस्रो त्रैमासम्ममा कुल कायम रहेको बीमालेखको संख्या १ लाख ९३ हजार ९७६, कुल जारी बीमालेखको संख्या ६९ हजार ८९४ रहेको छ ।
चैतसमान्तसम्ममा कम्पनीको कुल दावी भुक्तानी रकम ४१ करोड ७१ लाख २७ हजार रुपैयाँ रहेको छ । कुल दावी भुक्तानी संख्या भने ५०२ रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म भुक्तानी हुन् बाँकी दावी रकम ४ करोड ११ लाख १७ हजार रुपैयाँ रहेको छ । यो संख्यामा भने ९८ मात्र रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ७६ करोड ५७ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ३ अर्ब १ करोड ११ लाख २९ हजार रुपैयाँ र महा विपत्ती जगेडा भने ७ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
Leave a Reply
You must be logged in to post a comment.