back
NMB ad

७५.६२% ले बढ्यो आइएमई जनरलको नाफा, भुक्तानी हुन बाँकी दावी रकम ६३ करोड

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १८ करोड ८५ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५.६२ प्रतिशतले बढेको हो । गत वर्ष १० करोड ७३ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्मा कम्पनीले १ अर्ब १४ करोड १८ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.२३ प्रतिशतले बढी हो ।

गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल बीमाशुल्क आर्जक रकम ९९ करोड ९ लाख २३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जारी बीमालेखको संख्या १ लाख ६ हजार २७१ र नवीकरण गरिएको बीमालेखको संख्या १३ हजार ६६८ रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको कुल दावी भुक्तानी रकम ६० करोड २८ लाख १५ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ६३ करोड ११ लाख ९८ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ३० करोड २६ लाख ८७ हजार रुपैयाँ, बीमा कोषमा ४५ करोड ३२ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पेसा, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १०:२३ मा प्रकाशित

You can share this post!

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...