back
NMB ad

सूर्या लाइफले कमायो २९ करोड बढी नाफा : बीमाशुल्क आर्जन ८२% ले बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थि वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनी तेस्रो त्रैमासमा २९ करोड १० लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५५.८७ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस वर्षको कुल बीमाशुल्क आर्जन रकम ८२.२७ प्रतिशतले बढाएको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८० करोड रुपैया कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यो वर्ष ३ अर्ब २८ करोड १८ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ ।

कुल कायम रहेको बीमालेखको संख्या (हालसम्मको) ३ लाख ३२ हजार ६०४ रहेको छ । चैतमसान्तसम्ममा कम्पनीले ५७ करोड ६ लाख ४३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड १९ लाख १ हजार रुपैया भुक्तानी गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल दावी भुक्तानी हुन बाँकी रकम ३ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी संख्या ९२ रहेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ८० करोड ८५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १२:३१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...