back
NMB ad

अब खल्तीबाटै सवारी साधनको किस्ता तिर्न सकिने, भाग्यशालीले ५ हजार रूपैयाँ जित्ने

Kumari bank ad

काठमाडौं । सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ।

यसरी खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्। ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेवापत किस्ता भुक्तानी खल्ती मार्फत गर्दा यस खल्ती इएमआइ बचत अभियानमा सहभागी हुन पाउने छन्।

खल्तीको यस्तो सुविधाले सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज भएको छ र साथै नगद जित्ने अवसर समेत पनि पाएका छन् ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकले मोवाइलमा ग्राहक पहिचान (केवाइसी) भेरिफाइ गरेको हुनुपर्छ।यो योजना मे २ देखि जुन १, २०२१ सम्म लागू हनेछ ।

खल्तीबाट सवारी साधन ऋणको किस्ता तिर्न खल्तीको होमस्क्रनमा रहेको इएमआइमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सवारी साधनको ऋण प्रदायक कम्पनी छनौट गरी सजिलै भुक्तानी गर्न सकिन्छ । ग्राहकले सवारी साधनको किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेको बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने छन् ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ’खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ’खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढि छ ।

वि.सं.२०७८ जेठ २ आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...