back
NMB ad

चेम्वरले दियो सरकारी अस्पतालहरुलाइ स्वास्थ सामाग्री, अक्सिजन सिलिण्डर र कन्सट्रेन्ट पनि दिन तयारी

Kumari bank ad

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सद्धारा सरकारी अस्पतालहरुलाइ स्वास्थ सामाग्री उपलब्ध गराउने कार्यको निरन्तरता दिएकोक छ ।

बुधवार चेम्बरले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल लगायतका विभिन्न स्थानमा स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ ।उक्त सामग्री नेपाल चेम्वरको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले अस्पतालका तर्फबाट डा. राजेश शाहलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त सामाग्रीहरु ग्रहण गर्दैं डा. शाहले चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्नु हुंदै चेम्वरलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सोही अवसरमा चेम्वरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गर्नुभयो ।
त्रिबि शिक्षण अस्पताल आकस्मिककक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गर्नु भएको थियो ।

त्यसैगरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गर्नु भएको थियो ।

आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट, सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन ।अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सट्रेन्ट उपलब्ध गराइने तयारी रहेको जानकारी गराउनुभयो ।

उक्तअवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपककुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ जेठ ५ बुधवार १६:२५ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...