काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को ऋणपत्र सूचीकृत भएको छ ।
सोमबार बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले ९ दशमलव ५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ ऋणपत्र सूचीकृत गराएको हो ।
कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण सम्झौता सोमवार भएसँगै लगानीकर्ताले उक्त ऋणपत्र खरीदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७८ जेठ १० सोमवार १५:५३ मा प्रकाशित