back
NMB ad

प्रभु सेलेक्ट फण्डको बाँडफाँड, कसरी हेर्ने नतिजा ?

Kumari bank ad

काठमाडौं । शुक्रबार प्रभु सेलेक्ट फण्डको बाँडाफाँड भएको छ ।

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जनालाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको हो ।

न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई मागअनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन दिनेलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

जेष्ठ ५ गतेदेखि प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन भएको थियो । निष्काशनको करिब २ गुणासम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड रुपैयाँ को भएको छ ।

जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात १७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७५ लाखइकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड २५ लाख रुपैयाँ वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट  https://iporesult.prabhucapital.com/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १६:०९ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...