काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक निर्यात ब्यापार १ खर्ब रुपैयाँ भन्दा बढी भएको बताउनु भएको छ ।
उहाँले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । उहाँले यो वर्ष ३३३ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको जानकारी गराउनु भयो ।
उहाँले तीन वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय २५ प्रतिशलले बढेको बताउनु भयो । उहाँले तीन वर्षमा उल्लेख्य काम भएको र आर्थिक विकास भएको जानकारी गराउनु भयो ।
वि.सं.२०७८ जेठ १४ शुक्रवार १६:२७ मा प्रकाशित