back
NMB ad

यी हुन् लेखापरीक्षण नगर्ने २५ वटा अटेरी सार्वजनिक संस्थान, विशालबजार कम्पनीदेखी गोरखापत्र, नेपाल टेलिभिजनसम्म

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयका अुनसार २५ वटा सार्वजनिक संस्थानले लामो समयदेखि लेखापरीक्षण गराएका छैनन् ।

सम्बन्धित संस्थानको आम्दानी र खर्चको हिसाब ठीक छ की छैन भनेर लेखापरीक्षण गर्नुपर्छ । जसले संस्थानको वास्तविक आर्थिक स्थित थाहा पाउन सजिलो हुन्छ । २५ वटा संस्थाले लेखापरीक्षण नगरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको रिपोर्टले देखाएको छ ।

लेखापरीक्षण नगर्ने अटेरि संस्थानहरुमा दुग्ध विकास संथान, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरिण्ड म्याग्नासाइट प्रा. लि., नेपाल मेटल कम्पनी लि., कृषि सामग्री कम्पनी लि., नेपाल वन निगम लि., औद्योगिक क्षेत्र व्यवस्थापन लि., नेपाल पारवहन तथा गोदाम व्यवस्था कं.लि., नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लि., नेपाल नागरिक उड्डयन प्राधिकरण रहेको छ ।

यस्तै नेपाल रेल्वे कम्पनी लि., गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र लि., नेपाल टेलिभिजन, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनी लि., राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, नागरिक लगानी कोष, हेटौडा सिमेन्ट उद्योग लि. नेपाल औषधी लि., धौबादी फलाम कम्पनी लि. र नेपाल पूर्वाधार निर्माण कम्पनी लि. गरी २५ वटा सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षण गराएका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. ले आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ गरी दुई वर्षको र विशालबजार कम्पनी लि.ले आर्थिक वर्ष २०७३-७४, २०७४-७५, २०७५-७६ र २०७६-७७ गरी ४ वर्षको लेखा परीक्षण गराएका छैनन् । राष्ट्रिय बीमा संस्थान (जीवन) र राष्ट्रिय बीमा कम्पनी लि. ले आर्थिक वर्ष २०६९-७० देखि आर्थिक वर्ष २०७६-७७ सम्म गरी ८ वर्षको लेखा परीक्षण गराएका छैनन् ।

महालेखापरीक्षकको कार्यालय, अर्थ मन्त्रालय र सार्वजनिक संस्थानको तालुक मन्त्रालयबाट सार्वजनिक संस्थानको लेखा परीक्षणका लागि आवश्यक प्रबन्ध तथा निर्देशन जारी हुने गरेको छ । सबै सार्वजनिक संस्थानले समयमै लेखा परीक्षण सम्पन्न गरी कानुनको परिपालना गर्नुपर्नेमा त्यसो गरेको पाइएन ।

समयमा नै लेखा परीक्षण नहुँदा वित्तीय पारदर्शिता र आर्थिक अनुशासन कमजोर हुन जान्छ । तसर्थ प्रत्येक सार्वजनिक संस्थानका कार्यकारी प्रमुखलाई लेखा परीक्षणका लागि जिम्मेवार बनाउने र यस विषयलाई निजको कार्यसम्पादनको आधार बनाउनु जरुरी रहेकाे रिपोर्टमा उल्लेख छ ।

वि.सं.२०७८ जेठ १५ शनिवार १०:०८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...