back
NMB ad

बजेट लगतै सेयर बजारले रच्यो अर्को नयाँ रेकर्ड : कारोबार रकममा उछाल, ५ कम्पनीको सर्वाधिक काराेबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार १२.५४ अंकले बढेको छ । बजार परिसुचक २८२७.९३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार कारोबार रकममा पनि उछाल आएको छ ।

बजेट लगत्तै कारोबार रकम नयाँ रेकर्ड कायम भएको हो । आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन बैंकिङ १९.९४ अंक, विकास बैंक २५५.२५, फाइनान्स ८३.९१, होटेल तथा पर्यटन १३७.३६, जीवन बीमा ९६.०१, निर्जीवन बीमा ६४.१२, म्युचुअल फण्ड०.५५ अंकले वृद्धि भएको छ ।

यस्तै, आज जलविद्युत समूह ०.६६ अंक, लगानी समूह ०.२७, उत्पादक तथा प्रसोधन ५.३१, माइक्रोफाइनान्स ७४.४०, ब्यापार समूह ४०.२७ र अन्य ५४.६४ अंकले घटेको छ ।

कारोबार रकमले रेकर्ड बनाएको दिन सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको ४७ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको ४६ करोड ९२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख ४४ हजार, बुटवल पावर कम्पनीको ४१ करोड २८ लाख ५७ हजार र अपि पावरको ४० करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...