काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात जेठ १७ गते सुनचाँदीको मूल्य बढेको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ ९२ हजार २ सय र तेजावीको ९३ हजार ७ सय रुपैयाँ कायम भएको जनाएको छ ।
आइतबार छापावाला सुन ९४ हजार र तेजावी ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलानामा तोलाको ५ रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि १३ सय ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ जेठ १७ सोमवार १०:४८ मा प्रकाशित