back
NMB ad

प्रशोधित खाने तेलमा कुनै प्रकारको कृतिम अभाव सृजना गरी मूल्य वृद्धि भएको छैन : संघ

Kumari bank ad

काठमाडौं । नेपाल वनस्पति घ्यू तेला उत्पादक संघले प्रशोधित खाने तेलामा भएको मूल्य वृद्धि सम्वन्धी आएको समाचार प्रति ध्यानाकर्षण गराएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै संघले हालका दिनहरुमा खाने तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति ध्यानकर्षण भएको जनाएको छ ।

संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना गरी मुल्य वृद्धि नभएको, हालको मुल्यवृद्धि अन्तराष्ट्रिय बजारमा दिनँहु भईरहेको मुल्य वृद्धिको कारणले भएको जानकारी गराएको छ ।

साथै हालको विषम परिस्थितिमा न्युन जनशक्तिवाट पनि यथासंम्भव उद्योग नियमित रुपमा संचालन गरी आपुर्ति व्यवस्थालाई सुचारु राख्ने प्रतिवद्धता जनाएको छ ।

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय वजारमा साथै निकाशी समेत गर्दै आईरहेका छ ।

विज्ञप्तिमा भनिएको छ, –”उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशतब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय बजारवाट आयात गर्नु पर्दा अन्तराष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको समेत मुल्य निर्धारण हुने गर्दछ । विगत करिव १६ महिना देखी नै विश्वमा फैलिएको महामारी गर्दा खाने तेलको मुल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुनगएको छ । जुनहालसम्मको ऐतिहासिक मुल्य वृद्धि नै रहेको छ ।”

वि.सं.२०७८ जेठ १७ सोमवार १८:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...