back
NMB ad

बजेट निकै राम्रो छ, सबै मिलेर कार्यान्वयनमा जोड दिनुपर्छः पूर्व डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटीकाे विचार

Kumari bank ad

नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी

विद्यमान परिस्थितिमा यो भन्दा राम्रो बजेट ल्याउन सकिँदैन । यो भन्दा राम्रो बजेट ल्याउनको लागि पैसा पनि हुनुपर्‍यो । भएको स्रोत र साधा नलाई उपयुक्त ढङ्गले एलोकेशन गर्ने सन्दर्भमा यो भन्दा राम्रो बजेट अहिलेको स्थितिमा आउन सक्दैन । धेरै पैसा कोभिड महामारीको सङ्क्रमणबाट उठ्नका लागि मान्छेलाई बचाउनका लागि स्वास्थ्यका लागि खर्च गर्नुपर्नेछ । बजेटले कृषिमा जोड्दिएको छ ।

कोरोना महामारीमा धेरै मानिसले राहत खोजिरहेको छन् । बजेटले सबैलाई राहत नदिएको पनि छैन । कतिले आलोचना, टिका टिप्पणी गर्छन् । बजेट यहाँ भएन, त्यहाँ भएन, अनेक भन्छन् । कतिपयले बजेट नै संविधान सङ्गत छैन पनि भनिरहेका छन् । त्यो के हो भन्ने कुरा अदालतले निर्णय गर्ने विषय हो ।

विद्यमान संविधान अनुसार बजेट जेठ १५ गते आउनुपर्ने हो, संविधान अनुसार नै आएको छ । बजेटले व्यवसायलाई बचाउनका लागि ठुलो प्रयत्न गरेको छ । पहिला पुँजी नपुगेको अवस्थामा कर बढाएर पैसा उठाउने गरिन्थ्यो, अहिले त्यसरी करहरू बढाइएको छैन । तै पनि कतिपयले बजेट त ल्यायो तर कार्यान्वयन गर्न सक्दैनन्, गाह्रो हुन्छ भनिरहनु भएको छ । गाह्रो त यसपालि मात्रै होइन, पहिलेदेखि नै हुने गरेको थियो र छ । यो नयाँ विषय होइन । तर अब कार्यान्वयनमा सबैले प्रयत्न गर्नुपर्छ । सबै जुट्नुपर्छ । सबैले जोड्दिने हो भने काम भयो भने कार्यान्वयन हुन्छ ।

बजेटले भने जति ऋण दिन सकिन्छ नै भन्ने छैन । बोलेर मात्रै हुँदैन । त्यसको कार्यविधि बन्नुपर्‍यो । कार्यविधिमा समेटिनुपर्‍यो । त्यहाँ कोल्याटरका कुराहरू हुन सक्छन् । कतिपय प्रक्रिया, विभिन्न रिक्वारमेन्ट पुरा गर्नुपर्ने हुन्छ । बजेटले २५ लाख रुपैयाँ बिना धितो कर्जा दिने भनेको छ । कर्जा पाइने भयो भनेर भनेर मान्छेहरू सबै उत्साहित भइहाल्छ । त्यो त्यति सहज तरिकाले पाइँदैन । त्यसको लागि विभिन्न योजनाहरू चाहियो । व्यावसायिक योजनाहरू बनाउनुपर्‍यो । बिना योजना पैसा पाइँदैन । अनि पैसा पाइएन भनेर भन्नुको राम्रो होइन । त्यसको सैद्धान्तिक मात्रै नभएर व्यवहारिक पक्ष पनि हेर्नुपर्छ ।

यो परिस्थितिमा यो भन्दा राम्रो बजेट ल्याउन सकिँदैन थियो । कर्मचारीको तलब अलि राम्रो बढाउनका लागि स्रोतहरूको अभाव छ । भएको स्रोत पनि कोरोना रोकथाम र न्यूनीकरणमा खर्च भएको छ । त्यहाँ खर्च नभएको भए यो पटक कर्मचारीको तलब बढ्ने थियो । यो पटकको बजेटले अग्र भागमा रहेर काम गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य कर्मीलाई पनि सम्बोधन गरेको छ । समग्रमा बजेट राम्रो लाग्यो ।

डिजिटल इकोनोमीलाई पनि सरकारले निकै प्राथमिकता दिएको छ । डिजिटल इकोनोमीमा नजाँदा भन्ने सम्भव नै छैन, जानै पर्छ । विश्व नै डिजिटल इकोनोमी तर्फ लागेको छ । अहिलेको समय परिस्थिति अनुसार चल्नको लागि यो आवश्यक छ । अब नेटवर्कहरू अलि राम्रो आउने गरी काम हुन आवश्यक छ । फोर जीलाई अझै राम्रो फाइभ जी पूर्ण विस्तार गर्दै जानुपर्‍यो । दूर दराजसम्म पुर्याउनुपर्यो । यसमा वित्तीय साक्षरता बढाउनु पर्छ । त्यसमा लगानी पनि आवश्यक छ ।

यसको लागि आकर्षण पनि चाहिन्छ । अब मान्छेहरूले यसै मार्फत कारोबार गरेर छिटो छरितो हुने व्यवस्था मिलाउन आवश्यक छ ।

विभिन्न आकर्षक कार्यक्रम ल्याउने हो भने धेरै प्रभावकारी पनि बन्दै जान्छ । यसमा उद्योग व्यवसायहरूलाई पनि आकर्षित गर्न आवश्यक छ । निजी क्षेत्रलाई ल्याएर सार्वजनिक संस्थानहरूलाई, घाटामा गएका सार्वजनिक संस्थाहरूमा पनि निजी क्षेत्रलाई प्रवेश गराउने तर फेरि निजी क्षेत्रलाई पुरै बेच्ने होइन । सरकारले बजेटमा मिश्रित खालको अवधारणा ल्याएको छ । भोलिका दिनमा यो निकै प्रभावकारी हुनसक्छ ।

(नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसँग अर्थतन्त्रले गरेको कुराकानीमा आधारित)

वि.सं.२०७८ जेठ १८ मंगलवार १२:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...