काठमाडौं । सरकारले राजपत्रमा सूचना निकाल्दै विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न प्रतिबन्ध लगाएको छ ।
सरकारले सूचना निकालेर डाँक, तार वा टेलिफोन, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाईअड्डा, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पर्यटन, होटेल, रेष्टुराँ, रिसोर्ट, बैंकिङ सेवा, बीमा सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र लगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय जनाएको छ ।
सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उत्त, सूचना प्रकाशित गरेको जनाएको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार १३:२२ मा प्रकाशित