back
NMB ad

साना र सिमान्तकृत किसानलाई सहुलियत दरमा ऋण दिने : कृषि सचिव डा. कार्की

Kumari bank ad

काठमाडौं । कृषि क्षेत्रका विज्ञ तथा व्यबसायीहरुले व्यबसायीक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् ।

कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा विज्ञको जोड छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा यस्तो जोड दिइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।

‘मन्त्रालयले १० लाख भन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं’ उहाँले भन्नुभयो ।

कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफुहरु लागि परेको भन्दै सचिव कार्कीले कृषिज्ञान केन्द्र मार्फत यस विषयमा किसानहरुलाई सूचना दिनुपर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एक रुपता आउने र दोहोरपना घट्ने बताउनुभयो ।

उहाँले कोभिड-१९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताउनुभयो । विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडि बढाउँदै जानुपर्ने उहाँको भनाई छ । उहाँले प्राङ्गारिक, जैविक मल लगायतका कृषि सम्बन्धी राम्रा कार्यक्रमहरु आएपनि त्यो प्रयाप्त भने नभएको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोष जनक रहेको उहाँको भनाइ छ । आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकहरुलाई छुटको दायरा बढाएको बताउनुभयो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको बताउनुभयो । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि केहि नहुने बताउनुभयो । उहाँले कृषिको प्रशोधन, उत्पादन भएका बस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने बताउनुभयो ।

कृषिकर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्तगर्दै उहाँले कृषिकालागि आन्दोलन नै आवश्यक भएकोमा जोड दिनुभयो । ‘उत्पादनगर्ने व्यक्ति सबै समान छन्् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यबसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु’

कार्यक्रममा कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागत भन्दा माथि जान नसकेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटमा पैसा थुपार्ने भन्दा केहि नयाँ कार्यक्रम नदेखिएको उल्लेख गर्नुभयो । ‘कृषिमा बजेट केहि पनि छैन, ६० प्रतिशत कृषिमा आश्रीत हुँदा बजेट ३ प्रतिशत पनि छैन’ उहाँले भन्नुभयो ।

कफी व्यबसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफि क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताउनुभयो ।

वि.सं.२०७८ जेठ २० बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:१५

काठमाडौँ, ५ वैशाखः एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको...