काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ ।
बैंकले माघ १६ मा सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट तत्काल कायम चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० सय रुपैयाँको १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भएको थियो ।
सोही अनुसार राष्ट्र बैंकले जेठ २० गते राष्ट्र बैंकबाट १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृत दिएको हो ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:४३ मा प्रकाशित