back
NMB ad

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ ।

केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमनरनिरिक्षण गर्नुभएको थियो ।

कम्पनीमा मौज्दात रहेको मलको निरिक्षण पश्चात् आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताउनुभयो । तर कोभिड-१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भएपनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताउनुभयो ।

यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्यलेरप्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैनु, मन्त्री अर्यालले भन्नुभयो, मलको बितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौ । कोभिडका कारण बितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडी बढिसक्यौं अहिले त्यो समस्या पनि समाधान भइसक्यो ।

कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासोरटिप्पणी आएपनि अहिले त्यसको समाधान भइसकेको उहाँको भनाई थियो ।यसको विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान गरिएको उहाँले बताउनुभयो ।

आफू मन्त्रालयको नेतृत्वमा आएदेखी नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको बितरण गर्दा दैनिक आपुर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिनुभयो ।

कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपुर्तीमा ध्यान दिन उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजिकरण गरिसकेका छौ । कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुसु, मन्त्री अर्यालले भन्नुभयो, फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस् ।यसमा तपाइहरु सचेत रहनुहोला ।
मल बितरण गर्दा कृषकहरुको पहिचान सहित मल बितरण गर्न निर्देशन दिँदै मन्त्री अर्यालले सहकारी संस्थाहरुले मल लैजाने सन्दर्भमा एकचोटी लमल लगिसकेपछी त्यसको उचित बितरणको अवस्था, मूल्य खुल्ने व्यवस्थित दस्तावेज सहित माग गर्न आउनेलाई मात्र पुनः मल उपलब्ध गराउन निर्देशन दिनुभयो ।

मलको समस्या दीर्घकालका लागि समेत समाधान गर्न सरकार निरन्तर लागिरहेको भन्दै उहाँले त्यसैका निम्ती मल कारखाना स्थापना गर्ने प्रकृया अगाडी बढेको बताउनुभयो । त्यसैका निम्ती सरकारले बजेटको समेत व्यवस्था गरिसकेको भन्दै उहाँले यस योजनालाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । आफ्नै पालामा उत्तरी नाकाबाट समेत मल ल्याउन सफल भएको भन्दै उहाँले मलको व्यवस्थाका निम्ती भारतसँग सम्झौता गर्ने प्रकृयामा रहेको बताउनुभयो । भारतसँगै बंगलादेश, चाइना, ओमान लगायतका देशहरुसँग समेत मलको विषयमा छलफल अगाडी बढेको भन्दै मन्त्री अर्यालले ती देशहरुबाट सकारात्मक सन्देश प्राप्त भएको बताउनुभयो ।

मलको समस्या छैन : कृषि सामग्री कम्पनी/साल्ट ट्रेडिङ

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएको छ । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो । त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो ।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्‍क रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १६:५० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...