back
NMB ad

पूर्व परराष्ट्र मन्त्री ज्ञवालीद्वारा सम्पती विवरण सार्वजनिक, के-के थपियो ३ वर्षमा ?

Kumari bank ad

काठमाडौं । पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मन्त्री पदबाट हटे लगत्तै सम्पती विवरण सार्वजनिक गर्नु भएको छ । करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा रहेका मन्त्री ज्ञवालीले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नु भएको हो ।

उहाँले मन्त्रीपदबाट हट्दा आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको छ । उहाँका अनुसार यो अवधिमा केही घरायशी सामान र दुई सय जति पुस्तक थपिएको छ । यो बाहेक मन्त्री बने लगत्तै सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउनुभएको छ ।

यो अवधिमा आफुले विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापत्को लेभी ६ लाख २० हजारसहित ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जानकारी गराउनु भएको छ ।

उहाँले आफुुले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको आज पुल्चोक स्थित सरकारी निवास छोडेको जानकारी गराउनु भएको छ ।

वि.सं.२०७८ जेठ २२ शनिवार १७:१६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...