काठमाडौं । नागरिक लगानी कोषले असार १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
उक्त साधारणसभाका लागि कोषले असार ८ गते बुक क्लोज गर्ने भएको छ । ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिनुका साथै लाभांश पाउने छन् ।
उक्त सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा दिउसो २ बजेदेखि सुरु हुनेछ । कोषले गत आवको नाफाबाट सेयरधानीलाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ९ प्रतिशत बोनस र करसहित ८.८९ प्रतिशत नगद लाभांश रहेको छ ।
वि.सं.२०७८ जेठ २३ आइतवार १३:२१ मा प्रकाशित