back
NMB ad

बल्ल सार्वजनिक गर्यो साल्ट ट्रेडिङ्गले दोस्रो त्रैमासको रिपोर्ट : नाफा ५.४७ % ले बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय सकिएको बेला साल्ट ट्रेडिङ कर्पोरेशनले भने दोस्रो त्रैमाससम्म वित्तीय विवरण सर्वाजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफा सामान्य सुधार भएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ५२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिको तुलनमा कम्पनीको नाफा ५.४७ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ करोड ३९ लाख ८६ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, कम्पनीको कुल सम्पत्ति पनि ६.४७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार रहेकोमा यस वर्षको सोही अवधिमा ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तपुँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर वार्षिक आम्दानी २६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ४ सय १४ रुपैयाँ ९० पैसा रहेको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १३:२५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...