back
NMB ad

कारोबार रकमले इतिहास रच्दा नेप्से, ब्रोकरले एकैदिन बुझे १२ करोड बढी कमिशन, सेबोनको भागमा कति ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड सेयर लगानीकर्ताका साथै सेयर बजारको नियमन गर्ने नियामक निकाय धितोपत्र बोर्ड, ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सिडिएससी पनि मालामाल बनेका छन् ।

आइतबारको सेयर बजारमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी रकमको कारोबार हो । एकै दिन यति धेरै रकमको सेयर कारोबार हुँदा लगानीकर्ताले १२ करोड ९ लाख रुपैयाँ भन्दा बढी नै कमिशन तिरेका छन् ।

यहाँ अनुमानित ०.३५ प्रतिशत कमिशन दरलाई आधार मानिएको छ । यो अंक आवश्यकता अनुसार कम तथा बढी हुनसक्छ । ब्रोकरले लगानीकर्ताबाट पाएको कमिशनबाट नेप्सेलाई २० प्रतिशत बुझाउनु पर्छ । लगानीकर्ताले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत धितोपत्र बोर्डलाई बुझाउनुपर्छ ।

बिहीबारको कारोबारमा नेप्सेले २ करोड ४१ लाख ८० हजार रुपैयाँको हाराहारीमा कमिशन पाएको छ । ब्रोकरले मात्रै यो दिनको कारोबारमा ९ करोड ६७ लाख २२ हजार रुपैयाँ भन्दा बढी कमिशन लिएका छन् । यस्तै धितोपत्र बोर्डले ५१ लाख ८१ हजार रुपैयाँ बढी कमिशन लिएको छ । यो रकम हामीले आधार मानेको प्रतिशत अनुसार भएपनि कम तथा बढी पनि हुनसक्छ । यता सिडिएससीले ४२ लाख ७६ हजार रुपैयाँ बढी कमिशन लिएको छ ।

लगानीकर्ताले सेबोन, नेप्से, सिडिएससी र ब्रोकरले उक्त कमिशन लिएपनि आजसम्म लगानीकर्ताले सहजै कारोबार गर्न पाएका छैनन् । अहिले पनि नेप्सेको सफ्टवेयर, मेरो सेयर, नेप्सेको अनलाइन सहज रुपमा नचलेर लगानीकर्ताले अनेक दुःख भोगिरहेका । यस्तै लगानीकर्ताले लागत गणनामा पनि दुःख पाईरहेका छन् । यो समस्या समाधान गर्न तर्फ सरोकारवाला पक्षको ध्यान गएको छैन । कमिशन भने राम्रोसँग पाइरहेका छन् ।

कारोबारमा लगानीकर्ताले पुँजीगत लाभकरको रुपमा राज्यलाई कर पनि बुझाएका छन् । दिनभरमा बजार संचालक, दलाल, नियामक र डिपोजिटरीले कराडौं कमाउँदा कारोबारीमा केही कमाएका छन भने केहीले गुमाएका छन् । यो अवस्थामा सरोकारवाला पक्षले कारोबारीलाई दिने सेवा प्रभापकारी बनाउन आवश्यक रहेको लगानीकर्ताको भनाइ रहेको छ ।

लगानीकर्ताले ५० हजार सम्मको कारोबारमा ०.४०२, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३६८५, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ । यस्तै करोड भन्दा माथिको कारोबारमा ०.२६८ प्रतिशत कमिशन तिर्नुपर्छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...