back
NMB ad

डिजिटल भुक्तानी अर्थतन्त्रको ठूलो हिस्सा बनेको छ : गर्भनर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताउनु भएको छ ।

मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’कोसमुद्घाटन गर्दै (वेवीनारमार्फत) उहाँले नेपालको अर्थतन्त्रमा डिजिटलाइ जेशनकोठू लो महत्व रहेको बताउनुभयो ।

डिजिटलाईजेशनलाई कसरी अगाडी बढाउने भनेर नेपाल राष्ट्र बैंकलेठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राख्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गर्भनर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले अहिले चिया पसलदेखि इरेक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताउनुभयो ।

वित्तीय साक्षरतालाई डिजिटल्लीरुपमा लैजानु पर्ने भन्दै उहाँले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले फाइनान्सियल डजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु तथा डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडी ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले फाइनान्सियल सेक्टर विद्युतिय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको बताउनुभयो । नेपाल राष्ट्र बैंक डिजिटलाईजेशनका निम्ती दत्तचित्र भएर लागेको उहाँको भनाइ छ । गर्भनर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझावउ पलव्ध गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँ-उँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गाउँका कतिपय ठाउँमा वित्तीय पहुँचन पुगेको भन्दै यसको धेरै नै महत्व हुने उहाँको भनाइ छ ।

फरवार्ड माइक्रो फाइनान्सका अध्यक्ष तथा पूर्व मन्त्री भगवती चौधरीले डिजिटलाइजेशन सेक्टरमा‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । टेक्नोलोजी मार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदाअति उत्तम हुने उहाँको भनाइ छ ।

बैंक तथावित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सीयल डिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमाअगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्षभुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताउनुभयो । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झि राखेमा डाइनोसर नै हुने उहाँको बुझाइ छ । उहाँले बैंकहरुले फिजिकल सेवाभन्दा पनि डिजिटल मार्फत सेवा दिनुपर्ने बताउनुभयो ।

नेपाल बैंकर संघका पुर्व अध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुलकलेज लेभलका करिकुलममा राख्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले डिजिटलाइजेशन मार्फ थालीएको वित्तीय साक्षरकताले आउने दिनमा अर्को फड्को मार्ने बताउनुभयो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष प्रद्युमन पोखरेलले बैंक वित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभइ डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताउनुभयो । उहाँले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बनाउनुभयो ।

सोही अवसरमा लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकहरुलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

जीवन वीमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी प्रभु टेक्नोलोजीका अध्यक्ष कुसुम लामाले आफ्नो कम्पनीले डिजिटललाईजेशनका लागि महत्वपूर्ण कामगर्दै आएको बताउनुभयो । उहाँले बैंक, वित्तीय सेवामा डिजिटलाईजेशनको अनिवार्य आवश्यकता देखिएको बताउनुभयो ।

त्यसैगरी आइएमईका सिइओ सुमन पोखरेलले फाइनान्सियल सर्भिसलाई प्याकेजको रुपमा गाउँमा कसरी पु¥याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले फाइनान्सीयल डिजिटलाइजेशन मार्फत डिजिटल कारोबार बृद्धि हुने अपेक्षा गर्नुभयो ।

नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान प्रधानले अहिले नेपालमा डिजिटलाईजेशनमा प्रयोग भएका पूर्वाधारहरु अन्तर्राष्ट्रिय स्तरकै पुर्वाधारहरु रहेको बताउनुभयो । उहाँले डिजिटलाईजेशनमा काम गर्नका लागि इन्फास्टक्चर, रेगुलेटरी फेमवर्क, सर्भिस प्रोभाइडरसँग डिजिटलमाजान कति अटोमेट छ भन्ने कुरा नै महत्वपूर्ण हुने बताउनुभयो ।

एससिटी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हातहतमा पुगेको भन्दै टेक्नोलोजिमा सबैलाई जोड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले कोभिडका कारण डिजिटलको आवश्यकता झनै बढेको बताउनुभयो ।

फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रका कोडिनेटर माधवनि र्दोषले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई सबै जिल्ला र स्थानीयतहमा संचालन गरिने बताउँदै डिजिटल कारोबार विना अबको अर्थतन्त्र सम्भवन हुने भएरै यो अभियान सुरु गरिएको बताउनुभयो ।

विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा मिडिया इन्टरनेसनलले वित्तीय जागरण राष्ट्रिय अभियान मार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम संचालन गर्दै आएको छ । संचालन गर्दै आएको छ । फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी सोही कार्यक्रमको परिवर्तित नयाँ कार्यक्रम हो । सो कार्यक्रम विकट जिल्ला बझाङबाट सुरु गरिने भएको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार ११:०१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...