back
NMB ad

राजस्व छली गर्ने १० जना विरुद्ध १७ करोड बढी बिगो दावीसहित मुद्दा दर्ता

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली बिल बनाइ राजस्व छली गर्ने १० जना विरुद्ध १७ करोड रुपैयाँ बढीको बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागले धरान उपमहानगरपालिका– बस्ने ग्लोवल इम्पेक्स इन्टरनेशनलका प्रोप्राइटर किसन कुमार अग्रवालविरुद्ध ४ करोड ४२ लाख ७ हजार ६७४ रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागले धरान उपमहानगरपालिका–१२ बस्ने एस एन इन्टरनेशनलका रामनिवास अग्रवालविरुद्ध ४ करोड ५२ लाख ४२ हजार ७५३ रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

यस्तै रुपन्देही सिद्धर्थनगर नगरपालिका–६ बस्ने श्यामकुमार बानिया सहित २ जना विरुद्ध ५ करोड ५० लाख ८४ हजार ४२ रुपैयाँ बिगो दावीसहित उच्च अदालत तुलसिपुरमा मुद्दा दर्ता गरेको छ ।

विभागले वीरगञ्ज महानगरपालिका–१९ बस्ने भुसा सप्लायर्सका सञ्चालक दीपेन्द्र प्रसाद कलवार सहित ४ जनाविरुद्ध १ करोड २२ लाख ५० हजार ९०८ रुपैयाँ बिगो दावीसहित जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको छ ।

यस्तै काठमाडौं कुलेश्वर बस्ने भारतीय नागरिक सत्यनारायण प्रसादविरुद्ध ९९ लाख ७५ हजार ६०० रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागका अनुसार रौतहट वृन्दावन नगरपालि–६ बस्ने अमन कुमार तिवारीविरुद्ध ४० लाख रुपैयाँ विगो दावीसहित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १७:४३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...