काठमाडौं । मंगलबार सुनको मूल्य उकालो लागेको छ । आज छापावाला सुनको मूल्य तोलमा ३ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य आजका लागि ९४ हजार १ सय रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघले अघिल्लो दिन अर्थात सोमबार ९३ हजार ३ सय रुपैयाँ निर्धारण गरेको तेजावी सुनको मूल्य आजका लागि भने ९३ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ ।
यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । उक्त दिन तोलामा ५ रुपैयाँले बढेको चाँदी १३ सय ५५ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १३ सय ५० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ जेठ २५ मंगलवार ११:०१ मा प्रकाशित