back
Mega Long Ad

निमरोड फर्मास्यूटिलको सेयर, वैदेशिक लगानी, अर्थ मन्त्रालय र पुँजीबजारमा लाभांशको चिन्ता (दीपेन्द्रबहादुर क्षेत्रीको लेख)

दीपेन्द्रबहादुर क्षेत्री, पूूर्व गभर्नर, नेपाल राष्ट्र बैंक

सामान्यतया मानवीय प्रयास भौतिक सम्पन्नताका माध्यमबाट जीवनलाई सुखी बनाउने तर्फ आकर्षित देखिन्छ । उक्त उद्देश्य प्राप्त गर्न आफ्नो प्रयत्नबाट प्रयोगमा ल्याउन सकिने बौद्धिक, भौतिक एवं वित्तीय स्रोत परिचालन गर्ने गरिन्छ । यसैको एउटा विधाका रुपमा पूंजीबजारलाई लिईन्छ ।

आफ्नो स्वामित्वमा रहेको वा अधिकार भित्रका स्रोतहरुको परिचालन गरी प्रतिफल अधिकतम गर्ने उद्देश्य व्यक्तिको हुन्छ, भने पूँजीबजार संचालन गर्ने निकायको अधिकतम पूंजीको जोहो गरी उत्पादन, सेवा प्रवाहमा वृद्धि र वित्तीय साधन आपूर्तिमा सहजता ल्याउने उद्देश्य रहन्छ । पूँजीबजार साधारण अर्थमा आर्जित वित्तीय स्रोतलाई उपलब्ध सर्वाधिक प्रतिफल दिने क्षेत्रमा प्रचलित पद्धतिमा रही लगानी गर्ने प्रकृया नै हो । अर्थतन्त्रको विकास र विस्तारका आधारमा पूँजीलगानीका क्षेत्रहरू निर्धारित गरिएका हुन्छन ।

विकसित राष्ट्रका लगानी कर्ताहरूका लागि धेरै विकल्पहरु उपलब्ध हुन्छन । मूल्यवान धातुहरू, पेट्रोलियम पदार्थ, खास अन्तर्राष्ट्रिय बजार योग्य खाद्यान्न, सरकारी ऋणपत्र, पूँजीखाता खुल्ला रहेका मुलुकका मुद्रामा लगानी आदि मुख्य लगानी गरिने क्षेत्र हुन । यी क्षेत्रका लगानी गर्ने, लगानीको सुरक्षाको र प्रतिफल पाउने हकका विषयमा पाको कानूनी व्यवस्था पनि गरिएको हुन्छ ।

नेपालमा वित्तीय साधनको आर्जन आफ्नो खर्च भन्दा अतिरिक्त रहेमा र लगानी गर्न चाहेमा बैंकमा निक्षेप, सूचीकृत (लिष्टेड) कम्पनिको शेयर खरिद, सरकारी ऋणपत्रमा लगानी र व्यक्तिगत कर्जा प्रदान प्रमुख माध्यम हुन् । यि विषयमा कानून नियम त छन्, कतिपय द्धैअर्थी, आपसमा बाझिने खाले भएकाले कारोबार सजिलो र भरपर्दाे पाईदैन ।

यसको एउटा उदाहरण हो निजी लेनदेनमा नेपालको सामान्य कानूनले अधिकतम ब्याज दश प्रतिशत तोकि दिएको छ भने बैंक, वित्तीय संस्थाका हकमा सम्बन्धित ऐनले निर्धारित गरेको पद्धतिबाट कायम भएकोलाई नै कानूनी मानिन्छ । त्यसैले लघु वित्तीय कारोबारमा ऋणीसँग लिईने व्याज निजी क्षेत्रको लेनदेनको कानूनी मान्य दर भन्दा दुई गुना माथि हुँदा पनि वैध मानिनु ऐन, नियमले प्रदान गरेको अख्तियारी भित्रको विषय ठानिन्छ ।

यस आलेखमा नेपालको पूँजीबजारको प्रकृति, प्रवृत्ति र लगानीकर्ताका आकर्षणका अस्वाभाविकताहरुको चर्चा गरिने छ । पूंजीबजारलाई प्रभावित पार्ने तत्वहरुको लेखाजोखा गर्दै समग्र प्रवृत्तिको समिक्षा सहित सुझाव प्रस्तुत हुनेछ । उक्त विश्लेषणका आधारमा निष्कर्ष निकालिने छ ।

नेपाली अर्थतन्त्र र पूँजीबजार

कुल ग्राहस्थ उत्पादनमा एक चौथाई भन्दा बढि (२५.८३ प्रतिशत) अंश कृषिको, सोपछि दोश्रो दर्जामा थोक तथा खुद्रा व्यापार (१५.६७ प्रतिशत) पर्ने नेपाली अर्थतन्त्रमा वित्तीय मध्यस्तता को अंश न्यून (६.८८ प्रतिशत) छ । पूंजीकरणका आधारमा हेर्ने भने कुल ग्राहस्थ उत्पादन रु ४२.६६ खर्ब मान्दा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनिको कुल पूँजीकरण रु ३४.५३ खर्ब (सन २०२०) लाई हेर्ने हो भने उल्लेख अंश मान्न सकिन्छ ।

तर, वित्तीय मध्यस्तता भित्रै गणना हुने वाणिज्य बैंकहरूको निक्षेप मात्र पनि कुल ग्राहस्थ उत्पादनको अंश भन्दा बढि छ । अर्थतन्त्रको प्रकृति अनुसार कृषि व्यवसायमा पूँजी लगाएका माध्यमबाट पूँजीबजारको वर्चश्व कायम हुनु पर्ने हो, तर, त्यस्तो आभाष मिल्दैन । हालसम्म ३७४ सूचिकृत कम्पनीहरू छन् । जहाँ कृषि सँग सम्बद्ध शुन्य प्रायः छ । वन पैदावार जडिबुटी प्रशोधित वस्तुहरुको निर्यातमा आधिारित कम्पनी नगन्य मात्रामा देखिन्छ ।

पूँजीबजारको महत्वपूर्ण उद्देश्यमा संभावित उद्यम व्यवसायका लागि पूंजीकोे व्यवस्था गर्ने पनि हो । पूँजीको आपूर्ति प्रत्यक्ष वैदेशिक लगानीबाट पनि हुने गर्दछ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धि प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२-७३ देखि २०७६-७७ सम्मका चार वर्षहरूमा रु १ खर्ब ३९ अर्ब वैदेशिक लगानी भएको मा रु १ खर्ब ४ अर्ब लगानीको लाभांश फिर्ता लगिएको छ ।

अर्थतन्त्रको प्रकृति अनुसार कृषि व्यवसायमा पूँजी लगाएका माध्यमबाट पूँजीबजारको वर्चश्व कायम हुनु पर्ने हो, तर, त्यस्तो आभाष मिल्दैन । हालसम्म ३७४ सूचिकृत कम्पनीहरू छन् । जहाँ कृषि सँग सम्बद्ध शुन्य प्रायः छ । वन पैदावार जडिबुटी प्रशोधित वस्तुहरुको निर्यातमा आधिारित कम्पनी नगन्य मात्रामा देखिन्छ

उक्त लगानी मध्ये ५१ प्रतिशत सेवा क्षेत्रमा २८.६ प्रतिशत प्रशोधन तथा खानी, २७.४ प्रतिशत वित्तीय क्षेत्रमा र २० प्रतिशत विद्युत तथा पानी क्षेत्रमा लगानी भएको थियो । उक्त विवरणले नेपाली अर्थतन्त्रमा लगानिबाट उच्च प्रतिफल पाईने अवसर प्रचुरमात्रामा छ भन्ने प्रमाणित गर्दछ । सो का अतिरिक्त उत्पादन क्षेत्र हाल पनि प्रत्यक्ष वैदेशिक लगानीको दायरामा आएको देखिदैन । पूँजीको प्रकृतिका अनुसार नेपालको पूँजीबजार उर्वर क्षेत्र हुन सक्ने देखिएको छ ।

निजीक्षेत्रबाट संचालित कम्पनिहरू स्टक एक्सचेन्ज सूचिकृत हुने प्रवृत्तिमा ठूलो कमी छ । सफल गनिएका उत्पादनमुखी कम्पनीहरू निजी रुपमै संचालनमा रहने गरेको देखिएको छ । चाउचाउ उद्योगहरू, सिमेन्ट कारखाना स्वदेश मै खपत हुने र निर्यातका लागि पनि उच्च संभाव्यता रहेको अवस्थामा पनि पूर्ण क्षमतामा नचलाउने तर निजी स्वामित्वमै राख्ने चलनमा परिवर्तन आएको छैन । सूचिकृत भएमा पूँजीको पर्याप्तताका कारण उत्पादनमा वृद्धिका अतिरिक्त कच्चा पदार्थको सदुपयोग, बस्तुको बजारीकरणद्वारा रोजगारी र राजश्वमा वृद्धि समेतका संभावनालाई सीमित पारिएको भान हुन्छ ।

पूँजीबजारको समग्र स्थिति हेर्दा बैंक, वित्तीय क्षेत्र र बिमा क्षेत्र लगानीका लागि उर्वर क्षेत्र हुन भन्ने आभाष मिल्दछ । बैक, बीमा क्षेत्रहरूमा पूँजीबजारले टेवा दिदा प्रत्यक्ष फाईदा भनेको सम्बन्धित संस्थाहरूमा सर्वसाधारणको विश्वास वृद्धि र सेवामा दृढताको अभिव्यक्ति हो । यसरी नै उत्पादन क्षेत्रलाई बढावा दिन सकेको खण्डमा मुलुकको परनिर्भरता घट्ने, अन्तर सम्बन्धित आर्थिक गतिविधि वृद्धि हुने र आर्थिक गतिविधिमा विविधता ल्याउन सकिन्थ्यो । उदाहरणका लागि ठूलो पशुपालन कम्पनीको स्थापना र पूँजीबजारसँगको सम्बन्धनले पशुआहार, उपचार पद्धति, प्रशोधन, वस्तुको बहु-उपयोग-हड्डी, छालाको विविध प्रयोग र आयात प्रतिस्थापनमा दह्रो टेवा पुग्न सक्दथ्यो ।

हालको पशुपालन र वधशालाको प्रारम्भिक स्थितिमा आधुनिकता ल्याई स्वास्थ्य, गुणस्तरीय वस्तुको बजारीकरणमा मद्दत मिल्न सक्दथ्यो । यो अग्रसम्बन्धन रहयो भने पृष्ट सम्बन्धका हकमा दुग्ध उत्पादन, चरिचरनको व्यवस्था र पशु आहार सम्बन्धि आवश्यक व्यवस्थाका लागि पनि पशुपालन सम्बन्धि व्यवसायले सहयोग पु¥याउन सक्तछ । यो संभावना वास्तविकतामा परिणत हुन नसकेको अवस्थाको आँकलन गर्दा सानै रुपमा भए पनि व्यवसाय संचालन गरी भएको नाफा-नोक्सानमा रमाउने लघुताभाषयुक्त मनोवृति हो भन्न सकिन्छ । यस्तो प्रवृतिलाई देशको कानूनी व्यवस्थाका अतिरिक्त पूँजीबजार सहजिकरण सम्बन्धि नीति पनि सम्बद्र्धन गर्ने खाले हुनु पर्दछ ।

कारोबारमा रहेको तर औपचारिकता पाउन बांकी रहेको पूँजीबजारको पाटो हो वस्तु विनिमय बजार । आधार पत्र तयार भै सैद्धान्तिक रुपले स्विकृत भएको यो व्यवसाय एक प्रकारको काल्पनिक व्यापार जस्तै भएको छ । कतिपय वित्तीय कारोबारमा हर्ताकर्ता ठहरिएका व्यवसायीले काल्पनिक मुद्रा (विटक्वाईन) लगानी गरे जस्तै वस्तु विनिमय कारोवार हुन पुगेको छ । कुनै पनि मुलुकका केन्द्रीय बैंक वा सरकारले औपचारिक मान्यता नदिएका त्यस्ता काल्पनिक ईकाइहरू कारोबार दिनानुदिन बढ्दै गएको चर्चामा सुनिन्छ ।

यो बढ्दो प्रभावलाई रोक्न असंभव देखेपछि केन्द्रीय बैंकहरू आ-आफ्नै ढाँचामा काल्पनिक मुद्रा सिर्जना गर्ने ध्याउन्नमा लागेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ केन्द्रीय बैंकको यस्तो योजना रहेको पक्ष बाहिर आएको छ । नेपालमा वस्तु विनिमय बजारको कुरा गर्दा आन्तरिक उत्पादन खासगरी खाद्यान्न गहुँ, मकै, चामल, दाल आदि आफ्नै खपतका लागि पनि पर्याप्त छैन ।

कतिपय वित्तीय कारोबारमा हर्ताकर्ता ठहरिएका व्यवसायीले काल्पनिक मुद्रा (विटक्वाईन) लगानी गरे जस्तै वस्तु विनिमय कारोवार हुन पुगेको छ

मूल्यवान धातुहरू-सुन, चाँदी, पत्थर, जवाहरत तथा पेट्रोलियम पदार्थ जस्ता वस्तुहरूको अन्तर्राष्ट्रिय व्यापार बोध गराउने वस्तु विनिमय बजारको पनि पूँजीबजारकै अंगको रुपमा चित्रण गरिएको छ । यो केवल नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रसँग गाँसिएको छ भन्ने दर्शाउन र केहि पोख्त व्यवसायीले सो व्यवसायबाट लाभ उठाउने बाहेकका उपलब्धी भने हुनसकेको पाईन्न ।

पन्ध्रौ योजनाले पनि पूँजीबजार मार्फत राष्ट्रिय पूँजीनिर्माणद्धारा समृद्धिका खातिर स्वच्छ र प्रतिस्पर्धी धितोपत्र तथा वस्तु विनिमय बजारको परिकल्पना गरेको छ । पूँजीबजारलाई सबैको पहुँचमा पु¥याउने स्वच्छ कारेबारका अतिरिक्त विश्वसनीय बनाई संचालन र नियमन अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्य लिईएको छ ।

पूँजीबजार धितोपत्र र वस्तु विनिमय बजारको क्षेत्र तथा दायरा फराकिलो पार्दै बजारमा साना लगानीकर्ता, स्वदेशी तथा विदेशी संस्थागत लगानीको दायरा बढाउने नीति पनि लिईएको छ । संस्थागत लगानी निम्त्याउन चुक्ता पूँजीको ४० प्रतिशत सम्म लगानी गर्न सक्ने प्रावधान गरिए पनि नियमावली प्रष्ट हुन नसकेको कारण यस विधामा लगानी भित्रीन सकेको छैन । प्रविधि र व्यवस्थापनमा सुधार भै उत्पादन र आर्थिक गतिविधि बढ्ने अपेक्षा राखिएको यो व्यवस्था पनि निजीकरण गरिएका उद्योग व्यवसायबाट प्राप्त तितो अनुभवको झल्कोबाट प्रभावित छन् । तर, बैंकिङ क्षेत्रमा भने वैदेशिक लगानी (संयुक्त लगानी) बाट व्यवस्थापकीय क्षमतामा वृद्धि, सूचना प्रविधिको प्रयोगमा आएको रफ्तारले सकारात्मक प्रभाव पारेको अनुभूति गरिएको छ । तर, पूँजीबजार भने उक्त सबै प्रावधानलाई सैद्धान्तिक रुपमा ग्रहण गरी भावी योजना कोर्नमा मात्र सीमित छ ।

पूँजीबजारको विकासका लागी बजार निर्माताको पनि त्यतिकै महत्व हुन्छ । वाणिज्य बैंकहरूलाई समेत बजार निर्माताका रुपमा काम गर्ने अनुमति दिइएको परिप्रेक्षमा हाल ९७ (५० ब्रोकर र ४७ शाखा) दर्ता भएका पूँजीबजार निर्माता दलाल (ब्रोकर) रहेका छन् । नाफाको स्थितिको मूल्यांकन गरी बजार निर्माता आफैले शेयर खरिद बिक्रीमा सकृय रहन्छन भन्ने चर्चाले बजार विस्तार र बचतकर्ताहरूका निम्ति अनुकुल वातावरण बनेको छैन भन्ने गुनासो पनि पूँजीबजारमा चाख राख्नेहरू बताउँछन् ।

प्रवृत्ति र प्रभावित पार्ने तत्वहरू

पूँजीबजार संचयकर्ताहरुका लागि राम्रो क्षेत्र हो । पूँजीबजारको अन्तर्य अर्थात आधारभूत पक्ष मनन गरी लगानी गर्ने हो भने प्रतिफलबाट बिमुख हुनु पर्ने अवस्था छैन । तर, विगतमा व्यवसाय गैर विद्युतीय माध्यमबाट हुने अवस्थामा स्वस्थ्य पूँजीबजारलाई नसुहाउने हर्कतहरू हुन गई सीमित व्यक्ति वा घरानाले मात्र फाईदा उठाउन सकेका मनोरम कथाहरू सुनिन्छन् ।

हाल पनि बजार निर्माताहरूको संख्या तुलनात्मक रुपले पर्याप्त नभए पनि एकाधिकार राख्न सक्ने अवस्थामा व्यवसायीहरू नभएको चर्चा भैरहँदा ठूला लगानीकर्ताले बल्छिका रुपमा सीमित संख्याको शेयर अस्वभाविक रुपमा खरिद विक्री गरी खास अवस्था निर्माण गर्दै सयौँ साना लगानीकर्तालाई सम्मोहन गर्न सफल छन् भन्ने चर्चा यस क्षेत्रमा गरिन्छ ।

नेपाल स्टक एक्सचेन्ज कम्पनी बजार निर्माताहरूको नियमन, नियन्त्रण र व्यवस्थित गर्ने संस्था हो जो धितोपत्र वोर्डको नीति निर्देशकमा काम गर्दछ । बजारलाई प्रतिस्पर्धी र पहुँचयुक्त बनाउन थप स्टक एक्सचेन्जको आवश्यक छ भन्ने आधारमा निजी क्षेत्रबाट पहल भएकोमा थप प्रगति हुन सकेको छैन

साना लगानीकर्ताको संख्यामा वृद्धि भएको छ । त्यसले बजारलाई प्रतिस्पर्धि गराउन सघाउँछ, तर खास प्रतिष्ठानको वित्तीय विवरण के छ ? संचालकहरूको अनुभव र चरित्र के छ ? जस्ता सूचना सामग्रीको अपर्याप्तता वा बुझन चाहनेको इच्छा शक्तिको अभावले हो बजार नराम्ररी प्रभावित हुने प्रवृति कायम छ ।

बैंकबाट अधिविकर्ष वा शेयर कर्जा लिई लगानी गर्नेको संख्या बढिरहेको छ । यो पंक्तिका लगानीकर्ताहरू शेयर बजारमा आउने प्रवृत्ति दुवै (चढदो र ओर्लदो) बाट छिट्टै प्रभावित हुने प्रवृत्ति देखिन्छ । लामो समयको पर्खाई अवलम्बन गर्न नसकेको अवस्थामा कर्जा मार्फत लगानी गर्नेहरू छिट्टै लाभ (थोरै भए पनि) लिने वा नोक्सानि न्यूनिकरण गर्ने आशयले बजारमा उथल पुथल ल्याउँछ । साना लगानीकर्ताको यो प्रवृत्तिबाट लाभ उठाउने ठूला तथा दीर्घकालिन लगानीका लागि सक्षम पंक्तिले नै हो ।

आंशिक रुपमा बैंकको कर्जा नीति खासगरी केन्द्रीय बैङ्कको मौद्रिक नीतिले निर्देशित गरे बमोजिम पनि प्रभावित हुन्छ । जस्तो कि शेयर मार्जिन प्रकृतिको कर्जामा २० प्रतिशत सम्म मूल्य घटेमा पनि कर्जा प्रवाह गर्ने बैंकले मार्जिनकल गर्नु नपर्ने व्यवस्था लगानीकर्ताका लागि अनुकूल हो । पूँजीबजारमा एकै पटक २० प्रतिशत ह्रास हुने अवस्था सितीमिती रहदैन । तर बैंकहरूले मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्दा सो बैंकको प्राथमिक पूंजीको २५ प्रतिशत मात्र गर्न पाउने व्यवस्था साविकको ४० प्रतिशतबाट संकुचन गरिएको हो ।

पूँजीबजारमा बैंकको ऋण (अधिविकर्ष होस वा शेयर धितो वा मार्जिन प्रकृतिको) नीतिमा परिवर्तन छ ऋण रकममा घटबढ हुने कारणबाट प्रभावित हुने गर्दछ । अर्को तर्फ रकमको घटबढले व्याजदरमा पनि फरक पर्ने भएकाले कर्जाको लागत बढन जान्छ । यस परिस्थितिमा लगानीकर्ताले समय पर्खन सक्ने र शेयर वृद्धिबाट हुने संभावित लाभ भन्दा नोक्सान बढि हुनजाँदा कारोबारमा उतार चढाब आउने गर्दछ ।

धितोपत्र बजारको अनौठो प्रवृत्ति भनेको लघुवित्त संस्थाको शेयरमूल्य प्रतिष्ठित वाणिज्य बैङ्कको भन्दा ४-५ गुणा बढी छ । एउटा प्रतिष्ठित बैङ्कको लघुवित्तको ५ वैशाख २०७८ को शेयरमूल्य रु २ हजार ५सय पैतिस हुँदा मुल बैङ्कको शेयर मूल्य रु ४ सय ६० मात्र पाईयो । यसले लगानीकर्ताको प्रतिफल प्रतिको चाखोपन देखिए पनि पूँजीबजारको पूर्ण ज्ञान बारे विश्वस्त हुन सकिन्न ।

नेपाल स्टक एक्सचेन्ज कम्पनी बजार निर्माताहरूको नियमन, नियन्त्रण र व्यवस्थित गर्ने संस्था हो जो धितोपत्र वोर्डको नीति निर्देशकमा काम गर्दछ । बजारलाई प्रतिस्पर्धी र पहुँचयुक्त बनाउन थप स्टक एक्सचेन्जको आवश्यक छ भन्ने आधारमा निजी क्षेत्रबाट पहल भएकोमा थप प्रगति हुन सकेको छैन । तालुक मन्त्रालय (अर्थ) हावी रहने यो क्षेत्रको रमाईलो परिघट्ना प्रत्यक्ष रुपले शेयर बजार र लाभांश वितरण सँग छ ।

अमुक बैंकमा प्रतिनिधिको उपस्थितिमा लाभांश वितरण गर्ने निर्णय प्रकृया पुरागरी वितरण गर्न लाग्दा अर्थ मन्त्रालयको लिखित स्विकृति वेगर निर्णय भएको भन्ने आधारमा लाभांश रोक्का मात्र गरिएन संचालक समितिको अध्यक्षलाई बिदा गरियो । यो घट्नाले धितोपत्र बोर्ड, नेप्से लगाएतका सम्बन्धित निकायहरू कति स्वायत्त हुन सक्तछन भन्ने संकेत गर्छ ।

कसरी अघि बढ्ने ?

पन्ध्रौ योजनाले परिकल्पना गरे अनुसार पुँजीबजारलाई स्वच्छ विश्वसनीय, पहुचयोग्य र स्वदेशी विदेशी संस्थागत लगानी आकर्षक गर्न धितोपत्र बोर्डलाई स्वायत्त बनाउनु पर्छ । विषय विज्ञका जोे हौ मिलाई अन्तर्राष्ट्रिय स्तरमा चलनमा रहेका पद्धति अगाल्दै नेपाली अर्थतन्त्रलाई भरपर्दो किसीमले पूंजीको बन्दोवस्त गरिनु पर्दछ । यसका निम्ती झमेला रहित लगानी र पूँजी (लाभांश सहित) सहज रुपले फिर्ता लैजान सक्ने विधि र पद्धतिको तर्जुमा एवम् लागू गरिनु पर्दछ । ऐन नियमहरु द्धिविधायुक्त छन भने परिमार्जन गरी राज्यले घोषणा गरेका सुविधाहरु समयमा अक्षरसः पालन गरिनु पर्दछ ।

प्रत्यक्ष वैदेशिक लगानीमा आकर्षित केही उद्योगहरु नीतिगत अनिश्चितता र संभावित प्रतिस्पर्धामा उपस्थित हुनसक्ने क्षेत्रबाट सिर्जना भएका अडचनबाट लगानी निमुख भई फर्केको तितो यथार्थ नाईजेरियाको दानगोटे सिमेन्ट कम्पनीले प्रस्तुत गरेको छ । अर्कोतर्फ केहि वर्ष अघि निमरोड फार्मास्यूटिल कम्पनीले शेयर आह्वान गरी उठाई सकेपछि परिदृश्यबाट अलप भै नेपालीको थोरै भए पनि लगानी वेहिसान भएको घटना पूंजीबजारको र ब्यवस्थापनको कमजोरी हो भन्न सकिन्छ ।

वैदेशिक लगानी भित्र्याउने नाँउमा लगानीकर्ताको आर्थिक सामाजिक पृष्टभूमिको यथार्थ विवरण नलिई अनुमति दिदाको परिणाम पनि हो । नेपाली दुतावासहरुलाई स्रोत र साधनले प्रयुक्त गरी आर्थिक कु्टनीतिमा सकृय गराउन सके पर्याप्त इच्छा शक्ति र वित्तीय सामथ्र्य भएका लगानीकर्तालाई नेपाली पुँजी बजारमा आकर्षित गर्न सहयोग मिल्ने छ ।

संस्थागत लगानी भित्र्याउने आशय र अपेक्षा दुवै हुदाहुदै पनि कार्यरुपमा आउन नसकेका कुरा चुक्तापूँजीको ४० प्रतिशत सम्म सूचिकृत कम्पनीहरुमा वैदेशिक लगानी गर्न पाईने सैद्धान्तिक ब्यवस्था र वस्तु विनिमय कारोबार ब्यवस्था प्रभावकारीरुपमा ल्याउन नसकेबाट प्रमाणित हुन्छ । सरकार वदलिएसंगै नीति बदलिने र अस्थिरताको समाधान दुई तिहाईको मतले दिएको छ भन्ने भनाई हालैका राजनीतिक घटनाले मित्थ्या सावित गरीदिएको छ ।

निमरोड फर्मास्यूटिल कम्पनीले शेयर आह्वान गरी उठाई सकेपछि परिदृश्यबाट अलप भै नेपालीको थोरै भए पनि लगानी वेहिसान भएको घटना पूंजीबजारको र ब्यवस्थापनको कमजोरी हो भन्न सकिन्छ । वैदेशिक लगानी भित्र्याउने नाँउमा लगानीकर्ताको आर्थिक सामाजिक पृष्टभूमिको यथार्थ विवरण नलिई अनुमति दिदाको परिणाम पनि हो

सम्बन्धित निकायलाई स्वायत्तताका साथ ब्यवस्थापनका विषयविज्ञको चयन गर्ने ब्यवस्था सहित नीति नियमको सुनिश्चितताले सघाउन पु¥याउने छ । पहुँचमा वृद्धि ल्याउन बजार निर्माताको संख्या बढाई बचतलाई शेयर बजारमा आकर्षित गर्ने विधि र पद्धति अवलम्वन गरिनु पर्दछ ।

अन्तमा…

अर्थतन्त्रलाई सुदृढ बनाउन उद्योग, कृषि, सेवा, निर्माण आदि क्षेत्रमा सरकारी लगानीमात्रले संभव नहुने भए पछि निजी क्षेत्र र वैदेशिक वित्तीय स्रोत समेत पूँजीबजारमा आकर्षित गर्ने लक्ष्य नेपालमा लिईएको छ । नियामक निकाय धितोपत्र वोर्डको नीति निर्देशनमा नेपाल सेक्ययुरिटिज एक्सचेन्ज कम्पनी (नेप्से) को रेखदेखमा बजार निर्माताहरु कार्यरत छन् ।

बजार निर्माताहरुको संख्या बृद्धि गरिएमा धितोपत्रको पहुचमा सहजता आउन सक्तछ भन्ने धारणा हुँदाहुदै पनि खास कम्पनीको शेयरको खरिदमा पर्याप्त सुचनाको बोधको आधार भन्दा तत्कालको गतिविधीलाई ध्यान दिई लगानी गर्ने प्रवृतिले छोटो समयका लागी मात्र ख्याल गरिदा बजार अस्थिर हुने गरेको छ । पद्धतिलाई दिगो बनाउन ऐन, नियम निश्चित गर्ने र लगानीकर्ताको लगानी सुरक्षित छ भन्ने प्रत्याभूति ब्यवहारमै दिएर आश्वस्त पार्न सके पूँजीबजारमा विश्वसनीयता बढ्ने र उद्यम ब्यवसाय वित्तीय स्रोतको अभावमा खुम्चिने होइन विस्तार र सुदृढ हुन संभव छ ।

(साभारः नेपाल धितोपत्र बोर्डको २९ औं  बार्षिकोत्सवमा प्रकाशित लेख विशेषाङ्क बाट)

वि.सं.२०७८ जेठ २५ मंगलवार १७:३९ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...