back
NMB ad

आजदेखि स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता सेयर लिलामीमा, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । आजदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो । उक्त सेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले असार २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

उक्त सेयर बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

बोलपत्र असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटल लिमिटेड, कर्मचारी सञ्चय कोष भवन, ठमेल, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...