back
NMB ad

आइतबारदेखि नर्भिकको ओपीडी सेवा पूर्ण रुपमा संचालनमा आउने

Kumari bank ad

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपिडी सेवा पूर्ण रुपमा पुनः संचालनमा ल्याउने भएको छ ।

कोभिड १९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ ।

कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने नन्कोभिड बिरामीहरुको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको संख्या घट्नु र नन्कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सुचारु गर्ने भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा संचालनमा ल्याउने तयारी गरिएको छ ।

आइतबारदेखि नर्भिकमा कोभिडको दोश्रो लहर फैलिनुअघि संचालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुनेछन् । नर्र्भिकको यो निर्णयबाट कोभिड संक्रमणका कारण समयमै उपचार नपाएका नन्कोभिड बिरामीहरुले राहात पाउने सिंहको अपेक्षा छ ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...