back
NMB ad

अस्पतालमा नर्सको अभाव देखेको छु, तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउनुुः प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूू अस्पतालहरुमा जाँदा नर्सको अभाव देखेको भन्दै तत्काल आवश्यक दक्ष्य जनशक्ति उपलब्ध गराउन निर्देशन दिनुभएको भएको  छ ।

प्रधानमन्त्रीले कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्य शैक्षिक कार्यक्रमहरु तर्फ औंल्याउँदै प्रंधानमन्त्रीले ओलीले भन्नुुुुुुुभयो ‘यस्ता कार्यक्रम आवश्यक हुन् भने चलाउनुु, छ्रैनन् भने तत्काल बन्द गर्नु ।’

गाउँमा अहिले महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुने गरेको र शहर आएपछिमात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँने गरेको भन्दै यस्ता ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा ठूलै उपलब्धी जानकारी गराउनुभयो ।

देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।
चिकित्सा सेवा आयोगको साताै बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भन्नुुभयो ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति ? यसको हिसाब हुनुपर्छ । प्रधानमन्त्रीले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरुमा समेत हामीलाई कति जनशक्ति आवश्यक छ भन्ने कुुराको चित्रण प्रष्ट रुपमा गरिनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।

आवश्यकता आँकलन नगरी जनशक्ति उत्पादन गर्दा कही नपुग्ने त कही उत्पादन बढी भएर बेरोजगार हुनुपर्ने अवस्थासम्म आउने भनाई प्रधानमन्त्रीको थियो । ‘आवश्यकता पहिचान नगरी जनशक्ति उत्पादन गर्दा पढेको मानिस बरोजगार हुनुपर्ने अवस्था सृजना भएको छ, जबकी उ आँफै रोजगारदाता हुनुपर्ने हो’, प्रधानमन्त्रीको भनाई थियो ।

चिकित्सा शिक्षा आयोगको दुई वर्ष व्यस्त रहेपनि उपलब्धिका हिसाबले सन्तुष्ट हुने स्थिति नरहेको प्रधानमन्त्रीले बताउनुभयो । ‘नकारात्मक सोचका साथ नियम बनाउने र व्याख्यामा थप नकारात्मक ढ्रंगले जाने कामले उल्झन मात्र सृजनागर्ने उहाँको तर्क छ ।

कुन विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्ध नदिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भर पर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विश्वविद्यालयले कतिवटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मुल्यांकन गरी सोही अनुसार सम्बन्धन दिन पाउने गरी कोटा तोकिनुपर्ने उहाँको भनाई छ ।

‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेको विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्ध नदिने अवस्था हुनसक्छ’, उहाँले थप्नुभयो ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १८:०८ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...