back
NMB ad

धितोपत्र बोर्डले कारबाही गर्न सिफारिस गरेको कम्पनीको सेयर मूल्य १० % बढ्यो !

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डले कारबाही गर्न सिफारिस गरेको कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

समयमा नै वित्तीय विवरण प्रकाशित नगरेको भन्दै धितोपत्र बोर्डमा उजुरी परेको खानिखोला हाईड्रो पावरको सेयर कारोबार सुरु भएको केही समयमा नै १० प्रतिशतले मूल्य बढेको छ ।

बोर्डको निर्देशन पछि नेप्सेले कारोबार रोक्का गरेको थियो । नेप्सेले कारोबार रोक्का गरेपछि कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्यो । वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा करिब १० करोड रुपैयाँ नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी समेत करिब २२ रुपैयाँले ऋणात्मक रहेको विवरणमा उल्लेख छ ।

यस्तो कम्पनीको पनि सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले विवरण प्रकाशित गरेपछि नेप्सेले सोमबारबाट कारोबार फुकुवा गरेको थियो । कारोबार फुकुवा भएको पहिलो दिन नै सेयर मूल्यमा प्रति कित्ता २५ रुपैयाँले बढेर २७५ रुपैयाँ पुगेको छ ।
उक्त कम्पनीको कारोबारमा चलखेल भएको सेयर लगानीकर्ताहरुको गुनासो रहेको छ ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १३:४५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...