काठमाडौं । सिटिजन्स बैंकले साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस सेयर वापत लाग्ने कर रकम भुक्तानी गर्न अनुरोध गरेको छ ।
एक सूचना निकाल्दै बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ का लागि वितरण गर्ने निर्णय गरेको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामै जम्मा गर्ने भएकाले कर वापतको रकम स्वयम् सेयरधनीहरुलाई नै जम्मा गर्न अनुरोध गरेको हो ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्टलाई प्राप्ति गरी चैत १४ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।
बैंकले कर वापतको रकम जम्मा गर्न बाँकी सेयरधनीहरुले सिटिजन्स बैंक नारायणहिटिपथ, काठमाडौंमा रहेको खातामा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १५:५९ मा प्रकाशित