काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसंगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या ६ लाख १० हजार ५२१ जना पुगेको छ ।
स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १४७ जनाले कोरोना जितेका छन् । योसंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।
मन्त्रालयका अनुसार ६५ हजार ८०४ जना संक्रिय संक्रमित रहेका छन् । सोमबार थप ५३ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ८ हजार ४६५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १७:११ मा प्रकाशित