back
NMB ad

एनटिपिसीले नेपालका कुनै पनि विमानस्थलमा सोलार राख्दैनः विद्युत प्राधिकरण

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले एनटिपीसिले नेपालका कुनै पनि विमास्थलमा सोलार नराख्ने जनाएको छ । प्राधिरकणले विज्ञप्ति जारी गर्दैै यस्तो जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार प्राधिकरण र एनटिपिसीबीचको सहकार्यमा प्रस्तावित मस्यौदामा नेपालका कुनै पनि विमानस्थलमा सोलार राख्ने भन्ने विषय छैनन् ।

उक्त प्रस्तावमा भारतीय सहयोगमा २०२३ सालमा निर्मित त्रिशुली आयोजनाको मूख्य नगर माथि राखिने गरी सोलार डिजाइन गर्न र स्थानीय तहहरुबाट उपलब्ध हुने जग्गामा ५०० देखि १ हजार किलोवाटको सोलार  डिजाएन गर्न भारतीय कम्पनी एनटिपिसीसँग सहकार्य गर्न छलफल अघि बढेको बताइएको छ ।

प्राधिकरणका अनुसार उर्जा क्षेत्रमा नपाल–भारत संयुक्त निर्देशन समितिबाट विगतमा भएका वार्ता अनूरुप सौर्य र वैकल्पिक उर्जाका क्षेत्रमा सहकार्य गर्न नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी कम्पनीबिच सहकार्यको मस्यौदा तयार नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा छलफलका लािग पेश भएकोमा उक्त विषयमा कपोकल्पित भ्रम छर्ने प्रयास भएकोले यसबारे स्पष्ट हुन जरुरी रहेको देखिएको छ ।

वैकल्पिक उर्जा सम्बन्धी लघु जलविद्युत, सौर्य उर्जा र वायु उर्जा एंव पम्प जलाशययुक्त आयोजनाको सम्मिश्रण सम्बन्धमा एनटिपिसीसँगको सहकार्यमा अध्ययन गर्ने बारेको उक्त प्रस्तामा छलफल गरी निष्कर्षमा पुग्न प्राधिकरण प्रयासरत रहेको छ । सहकार्यको उक्त प्रस्तावित मस्यौदा प्राधिकरणको सञ्चालक समितिको बैठकमा छलफलको लागि पेश गर्ने हेतुले मात्र प्रमाणित गरिएको शैद्धान्तिक कागज भएको प्राधिकरणको भनाई छ ।

वि.सं.२०७८ असार १ मंगलवार १२:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...