back
NMB ad

पर्यटन प्रवर्द्धन तथा संस्कृति संरक्षणका लागि बागमती प्रदेशको १ अर्ब ४७ करोड

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले पर्यटन प्रवर्द्धन तथा संस्कृति संरक्षण सम्वन्धी कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्न विभिन्न जातजाति, धर्म, संस्कृति, भाषिक तथा सामाजिक विविधतालाई संरक्षण र सम्वद्र्धन गर्दै प्रदेश भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका संरचना र स्थानको विकास, विस्तार तथा संरक्षण गरिने जनाएको छ ।

यस्तै, पर्यटन क्षेत्रमा पूर्वाधार, दिगो विकासको आधार भन्ने सोचसहित प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा निर्माणाधीन तथा स्थापित गन्तव्यहरुको पूर्वाधार विकासलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन लगानी, स्वामित्व तथा व्यवस्थापन लगायतका पक्षमा सुधार गरी आम्दानी बाँडफाँडको संयन्त्र विकास गर्न आवश्यक प्रवन्ध मिलाइएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रदेश सरकारले राफ्टिङ्ग, साहसिक तथा पवर्तीय पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकताका साथ बजेट व्यवस्था गरेको मन्त्री ढुङ्गेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार तामाकोशी, भोटेकोसी र त्रिशुलीमा राफ्टिङ्ग, चितवनको वरणडाभारमा प्रकृतिमा आधारित पर्यटन, लाङटाङ, जुगल तथा गौरीशंकमा साहसिक तथा पर्वतीय पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यस्था मिलाइएको छ ।

प्रदेश सरकारले कोभिड १९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका कार्यक्रम ल्याएको छ ।

चालिस वर्ष मुनि उमेर समूहका युवालाई लक्षित गरि सरल सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको मन्त्री ढुङ्गेलले जानकारी गराउनुभयो ।

प्रदेश सरकारले कोरोना महामारीबाट प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्युनीकरण गर्न लक्षित वर्ग र क्षेत्रको विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम संचालन गर्ने भएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुको सहयकार्यमा प्रदेश सरकारबाट संचालित उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रममा निरन्तरता दिन २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वि.सं.२०७८ असार २ बुधवार १४:४१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...